लामिछानेको मुद्दा लिनु फिर्ता लिनु ऐतिहासिक कलङ्क: ओली

Share on Social Media


काठमाडौँ ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दा फिर्ता लिइनु महान्यायाधिवक्ता कार्यालयका लागि इतिहासकै कलंक भएको टिप्पणी गरेका छन्।
काठमाडौंमा बिहीबार आयोजित ४२ औँ पिस्कर शहीद स्मृति दिवसको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले अहिले नेपालमा थिति र विधिको शासन नभई ‘जसको लाठी, त्यसको भैंसी’ जस्तो अवस्था स्थापित भएको आरोप लगाए। विश्वका अन्य देशजस्तै नेपालमा पनि शासन त चलिरहेको भए पनि सुशासन, विधि र संस्थागत मर्यादा हराउँदै गएको उनको भनाइ थियो।
उनले कसैलाई ठगे पनि मुद्दा फिर्ता हुने वा आममाफी पाउने अवस्था सिर्जना भएको भन्दै व्यंग्यात्मक टिप्पणी गरे।
“आज थिति र विधिको शासन छैन। महान्यायाधिवक्ताको कार्यालय इतिहाससम्मका लागि कलंकित भएको छ। यो लज्जाको विषय हो,” ओलीले भने।
रवि लामिछानेको मुद्दा फिर्ता लिइएपछि ठगिएको पैसा महान्यायाधिवक्ताको कार्यालयले तिर्छ ? भन्दै उनले प्रश्नसमेत गरे।
अध्यक्ष ओलीले जेन–जी विद्रोहका क्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामाथि भएको भौतिक आक्रमणप्रति पनि आपत्ति जनाए। ८२ वर्षीय देउवामाथि आक्रमण हुँदा समेत कांग्रेसकै नेताहरू त्यसको समर्थनमा उत्रिएको आरोप उनले लगाए।
“नेपाली सरकार, नेपाली संस्कृति, नेपाली अर्थतन्त्र र नेपाली सभ्यताको कुरा गर्नेहरूलाई घरबाट निस्कन नदिने, कुट्ने, काट्ने काम गरिन्छ,” ओलीले भने, “नेपाली कांग्रेसका सभापतिमाथि भौतिक आक्रमण भयो। यति असभ्य पनि हुन्छ समाज? उनकै पार्टीका नेता हुँ भन्नेहरू समर्थनमा कराए, विरोधमा कोही बोलेनन्, सहानुभूतिसमेत व्यक्त गरेनन्। कहाँ पुग्यो नेपाल?”

लेखकबाट थप

आज माघे सङ्क्रान्ति,सूर्यले धनुर राशिबाट मकर राशिमा प्रवेश गर्दै उत्तरायण यात्रामा

आयोगद्वारा गगन नेतृत्वको कांग्रेसलाई मान्यता : तीन निर्णायक आधार

Leave a Reply

Your email address will not be published. Required fields are marked *