लोसपा नेपाल मटिहानी नगर अधिवेशन सम्पन्न, श्याम कुमार मण्डल पुनः नगर अध्यक्ष चयन

Share on Social Media

मटिहानी, महोत्तरी , फाल्गुन २८ गते । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल मटिहानी नगरपालिकाको नगर अधिवेशन आज भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले पुनः श्याम कुमार मण्डललाई नगर अध्यक्ष चयन गर्दै नयाँ नगर कार्य समिति गठन गरेको छ।

नगर अधिवेशनको उद्घाटन लोसपाका महासचिव तथा मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मण्डल र पार्टीका जिल्ला अध्यक्ष रामबाबु साहले संयुक्त रूपमा गर्नुभयो।

कार्यक्रममा महोत्तरी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष मोहन गुप्ता, नेकपा एमालेका जुगेश्वर खतबे, मटिहानी नगरपालिकाकी उपप्रमुख मञ्जुदेवी लगायत बुथ कमिटी तथा वडा अध्यक्षहरू कलिम अंसारी, जित नारायण माझी, अरुण नाहर, कुशेश्वर यादव, पञ्चेश्वर यादव, मुसाफिर सहनी, अब्बास अन्सारीलगायतले सहभागी हुँदै अधिवेशनको सफलताको शुभकामना व्यक्त गरे।

नयाँ नेतृत्व चयनसँगै मटिहानीमा लोसपाको संगठनात्मक सुदृढीकरणमा नयाँ ऊर्जा थपिने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *