बिरगंज महानगरपालिकाको न्यायिक समितिद्वारा आयोजित मेलमिलाप आधारभूत तालिम सम्पन्न

बीरगंज, असार १४ गते।बीरगंज महानगरपालिका अन्तर्गतको न्यायिक समितिको आयोजनामा आयोजित आठ दिवसीय (कुल ४८ घण्टा) मेलमिलापसम्बन्धी आधारभूत तालिम सफलतापूर्वक सम्पन्न भएको छ। तालिममा महानगरका विभिन्न वडा र क्षेत्रहरूबाट प्रतिनिधित्व गर्ने प्रशिक्षार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। तालिमको समापन कार्यक्रम बिरगंज महानगरपालिकाका उप–प्रमुख तथा न्यायिक समितिका संयोजक इम्तियाज आलमको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा न्यायिक समितिका सदस्य सर्जु …

Share on Social Media

बीरगंज, असार १४ गते।
बीरगंज महानगरपालिका अन्तर्गतको न्यायिक समितिको आयोजनामा आयोजित आठ दिवसीय (कुल ४८ घण्टा) मेलमिलापसम्बन्धी आधारभूत तालिम सफलतापूर्वक सम्पन्न भएको छ। तालिममा महानगरका विभिन्न वडा र क्षेत्रहरूबाट प्रतिनिधित्व गर्ने प्रशिक्षार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

तालिमको समापन कार्यक्रम बिरगंज महानगरपालिकाका उप–प्रमुख तथा न्यायिक समितिका संयोजक इम्तियाज आलमको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा न्यायिक समितिका सदस्य सर्जु महतो र बैजु स्वर्णकारको पनि सक्रिय उपस्थिति रह्यो।

कार्यक्रमको क्रममा उप–प्रमुख आलमले न्यायिक समितिबाट हालसम्म मेलमिलाप र फरफारक (फरचोट) सम्बन्धी दर्ता भएका मुद्दाहरूको अवस्था, समाधानको प्रक्रिया र परिणामबारे जानकारी गराउँदै भने, “हामी कानुनी लडाइँको सट्टा आपसी समझदारी र संवादका माध्यमबाट विवाद समाधान गर्ने प्रयासमा छौं। हाम्रो प्राथमिकता भनेकै मेलमिलापको बाटोमार्फत न्याय सुनिश्चित गर्नु हो।”

उनले न्यायिक समितिले मेलमिलापको माध्यमबाट धेरै विवादहरू समाधान गर्न सफल भएको उल्लेख गर्दै स्थानीय स्तरमै न्यायको पहुँच विस्तारमा यस्तो तालिमले भूमिका खेल्ने विश्वास व्यक्त गरे।

तालिममा सहभागी प्रशिक्षार्थीहरूले विवाद समाधान, कानुनी प्रक्रिया, मेलमिलापको प्रविधि र व्यवहारिक पक्षहरूबारे ज्ञान हासिल गरेका थिए। उनीहरूलाई तालिमपछि उप–प्रमुख आलमद्वारा प्रमाणपत्र वितरण गरिएको थियो। कार्यक्रममा महिला र पुरुष दुवैको उल्लेखनीय सहभागिता रहेको थियो, जसले समुदायमा लैङ्गिक समावेशिताको सन्देश पनि दिएको छ।

तालिमको समापन सन्देश उप–प्रमुखका प्रेस सल्लाहकार महमद सदाबले दिएका थिए। उनले मेलमिलाप संयन्त्र स्थानीय तहमा शान्ति, सहिष्णुता र सहकार्य प्रवर्द्धन गर्ने प्रभावकारी उपाय भएको बताए।

न्यायिक समितिको यो पहललाई स्थानीय स्तरमा सकारात्मक प्रतिक्रिया मिलिरहेको छ। तालिमबाट प्रशिक्षित व्यक्तिहरूले समुदायमै विवाद समाधानका लागि सीप उपयोग गर्ने अपेक्षा गरिएको छ।

BoliBachan

BoliBachan

Subscribe to Our Newsletter

Keep in touch with our news & offers

What to read next...

Leave a Reply

Your email address will not be published. Required fields are marked *