बिवाईडी अन्तर स्कुल टी-२० क्रिकेट: उपाधिका लागि मोनास्टिक र मदर टेरेशा भिड्दै

Share on Social Media

जनकपुरधाम, फागुन २६ गते– जनकपुरको बारहबिघा मैदानमा जारी बिवाईडी (BYD) चौथो अन्तर स्कुल टी-२० क्रिकेट प्रतियोगिता अब रोमाञ्चक अन्तिम मोडमा पुगेको छ। उपाधिका लागि मोनास्टिक स्कुल र मदर टेरेशा स्कुलबीच फाइनल खेल भोलि, फागुन २७ गते मंगलबार बिहान १० बजे हुने भएको छ।

न्यु भिजन नेपाल र जनकपुर स्पोर्ट्स क्लबको संयुक्त आयोजनामा सम्पन्न भइरहेको यो प्रतियोगिताको समापन समारोह पनि सोही दिन १२:३० बजे तय गरिएको छ। समापन कार्यक्रममा जनकपुरधाम उप-महानगरपालिकाका नगर प्रमुख श्री मनोज कुमार साह प्रमुख अतिथिका रूपमा उपस्थित रहनेछन्।

प्रतियोगिताको अन्तिम खेलमा उत्कृष्ट प्रदर्शन गर्ने टोलीले उपाधि हात पार्नेछ भने ट्रफी वितरण समारोहमा जनप्रतिनिधिहरू, विद्यालयका प्रतिनिधिहरू, सञ्चारकर्मी तथा खेलप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहनेछ। आयोजकका अनुसार, प्रतियोगिताले विद्यार्थी खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गर्नुका साथै जनकपुरमा क्रिकेटको भविष्य मजबुत बनाउन योगदान पुर्याउनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *