नेपाल बैंकका पूर्व अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीविरुद्ध १९ लाख घुस प्रकरणमा भ्रष्टाचार मुद्दा

काठमाडौं, असार २६ गते ।नेपाल बैंक लिमिटेडका तत्कालीन सञ्चालक समिति अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीविरुद्ध भ्रष्टाचारको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ। अधिकारीमाथि ऋण स्वीकृतिको प्रक्रियामा घुस लिएको गम्भीर आरोप लाग्दै आएको हो। अख्तियारका अनुसार अधिकारीले भैरहवामा निर्माणाधीन ‘र्‍याडिसन प्रोजेक्ट’ लाई नेपाल बैंकमार्फत ऋण दिने क्रममा १९ लाख रुपैयाँ घुस मागी …

Share on Social Media

काठमाडौं, असार २६ गते ।
नेपाल बैंक लिमिटेडका तत्कालीन सञ्चालक समिति अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीविरुद्ध भ्रष्टाचारको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ। अधिकारीमाथि ऋण स्वीकृतिको प्रक्रियामा घुस लिएको गम्भीर आरोप लाग्दै आएको हो।

अख्तियारका अनुसार अधिकारीले भैरहवामा निर्माणाधीन ‘र्‍याडिसन प्रोजेक्ट’ लाई नेपाल बैंकमार्फत ऋण दिने क्रममा १९ लाख रुपैयाँ घुस मागी लिएको प्रमाण संकलन गरिएको छ। आयोगले सोही आधारमा उनलाई भ्रष्टाचार निवारण ऐनअनुसार कारबाही गर्न माग गर्दै विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।

अनुसन्धानका क्रममा संलग्न पक्षहरूसँग गरिएको बयान, आर्थिक कारोबारको विवरण र संकलित प्रमाणहरूको विश्लेषणबाट अधिकारीले सेवा सुविधा वा निर्णय प्रक्रियामा अनियमित लाभ उठाएको ठहर अख्तियारको दाबी छ। आयोगका अनुसार, उनले आफ्नो पदको दुरुपयोग गर्दै बैंकको निर्णय प्रक्रियामा निजी लाभका लागि प्रभाव पारेका थिए।

नेपाल बैंक जस्तो मुलुकको पुरानो र विश्वासिलो बैंकका उच्च पदस्थ व्यक्तिमाथि यस्तो आरोप लाग्नु संस्थागत सुशासन र बैंकिङ प्रणालीमा नै गम्भीर प्रश्न उठाउने विषय बनेको छ। बैंकिङ प्रणालीप्रति सर्वसाधारणको विश्वास कायम राख्न यस्ता प्रकरणमा छिटो, निष्पक्ष र कडा कारबाही आवश्यक रहेको अर्थविज्ञहरूको भनाइ छ।

यता, अख्तियारले भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ नीति अन्तर्गत सार्वजनिक पदधारीहरूका कार्यप्रणालीमा निगरानी कडा बनाएको जनाएको छ। पछिल्ला दिनमा बैंक तथा वित्तीय क्षेत्रभित्रको निर्णय प्रक्रियामा देखिएको अपारदर्शिता र व्यक्तिगत लाभका लागि हुने चलखेलमाथि अख्तियारको निगरानी बढ्दै गएको छ।

विशेष अदालतले अब यो मुद्दा दर्ता गरी प्रक्रिया अघि बढाउनेछ। दोषी ठहरिएमा भ्रष्टाचार निवारण ऐनअनुसार अधिकारीलाई कैद सजायसहित जरिवाना तोकिन सक्छ।

Daily Report

Daily Report

Subscribe to Our Newsletter

Keep in touch with our news & offers

What to read next...

Leave a Reply

Your email address will not be published. Required fields are marked *