जनकपुरधाम, आषाढ १३ गते ।
माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले शुक्रबार (आषाढ १३ गते) सार्वजनिक गरेको छ। यस वर्ष ६१.८१ प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त गरेका छन्।
नियमित परीक्षामा सहभागी ४ लाख ३८ हजार ८९६ मध्ये विभिन्न जीपीए वर्गमा विद्यार्थीहरूको वितरण यस प्रकार छ:

३.६ देखि ४.० जीपीए: ४८,१७७
३.२ देखि ३.६ जीपीए: ८१,३५५
२.८ देखि ३.२ जीपीए: ९९,१२४
२.४ देखि २.८ जीपीए: ४८,४७९
२.० देखि २.४ जीपीए: ४,१२६
१.६ देखि २.० जीपीए: ८ जना
१२६ विद्यार्थीहरूको परीक्षा रद्द गरिएको छ।
परीक्षा चैत ७ गतेदेखि १९ गतेसम्म सञ्चालन भएको थियो र कुल ४ लाख ९९ हजार १८३ विद्यार्थीले परीक्षा दिएका थिए।
नतिजा हेर्ने तरिका:
विद्यार्थीहरूले विभिन्न माध्यमबाट नतिजा सजिलै हेर्न सक्नेछन्:
वेबसाइटहरू:
राष्ट्रिय परीक्षा बोर्ड: www.neb.gov.np
नेपाल टेलिकम: see.ntc.net.np
इसेवा
खल्ती
स्मार्ट कार्ड नेपाल
एसएमएस सेवा:
SEE Symbol Number लाई निम्न नम्बरमा पठाउनुस्:
१६०० (नेपाल टेलिकम)
३५००१ (जानकी टेक्नोलोजी)
अन्य सेवा प्रदायकहरु पनि उपलब्ध
आईभीआर सेवा:
नेपाल टेलिकम, स्विफ्ट टेक्नोलोजी, अल स्टार आईटी सोलुसन्सबाट फोन गरेर आफ्नो नतिजा सुन्न सकिन्छ।
यस वर्षको एसईई नतिजामा ६१.८१ प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त गरेको र अधिकतम विद्यार्थी २.८ देखि ३.२ जीपीए बिचमा परेको देखिन्छ। यो तथ्यले गुणस्तरीय शिक्षा प्रदान गर्ने आवश्यकता देखाउँछ।