काठमाडौँ । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा कुल ११४ राजनीतिक दल प्रतिस्पर्धामा उत्रिने भएका छन्। निर्वाचन आयोगले ती सबै दललाई निर्वाचन चिह्न प्रदान गरिसकेको छ। मंसिर २०७० मा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनपछि पहिलोपटक हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा राजनीतिक दलहरूको उत्साहपूर्ण सहभागिता देखिएको आयोगले जनाएको छ। आयोगका अनुसार निर्वाचनमा भाग लिन १ सय २० दलले …
प्रतिनिधि सभा निर्वाचनमा ११४ दल प्रतिस्पर्धामा उत्रिने, चुनाव चिन्ह १०७ हुने

काठमाडौँ ।
आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा कुल ११४ राजनीतिक दल प्रतिस्पर्धामा उत्रिने भएका छन्।
निर्वाचन आयोगले ती सबै दललाई निर्वाचन चिह्न प्रदान गरिसकेको छ। मंसिर २०७० मा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनपछि पहिलोपटक हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा राजनीतिक दलहरूको उत्साहपूर्ण सहभागिता देखिएको आयोगले जनाएको छ।
आयोगका अनुसार निर्वाचनमा भाग लिन १ सय २० दलले निवेदन दर्ता गराएका थिए। दोहोरिएको नाम हटाउँदा १ सय १७ दलको निवेदन मात्रै वैध ठहर भएको थियो। तीमध्ये जनजागरण पार्टीले आफ्नो निवेदन फिर्ता लिएको छ भने अखण्ड सुदूरपश्चिम पार्टीले आयोगले गरेको जरिवाना नबुझाएपछि अयोग्य ठहर भएको छ।

यस्तै जनप्रजातान्त्रिक पार्टीका नाममा दुई समूहले छुट्टाछुट्टै निवेदन दिएकाले दुवै पक्षको दाबी अपूरा रहेको ठहर गर्दै आयोगले दुवै निवेदन अस्वीकार गरेको छ।
आसन्न निर्वाचनका लागि दल दर्ता गराउन आयोगले १४ मंसिरसम्मको समयसीमा निर्धारण गरेको थियो। आयोगका कानुन तथा राजनीतिक दल महाशाखा प्रमुख यज्ञ भट्टराईका अनुसार आगामी प्रतिनिधिसभा निर्वाचनका मतपत्रमा १ सय ७ वटा निर्वाचन चिह्न मात्र राखिनेछ।
दर्ता भएका १ सय १४ दलमध्ये १ सय २ दलले आफ्नै एकल निर्वाचन चिह्न लिएर प्रतिस्पर्धामा उत्रिने तयारी भएका छन्।
Subscribe to Our Newsletter
Keep in touch with our news & offers











