“स्वच्छ कार्यालय, स्वस्थ कर्मचारी, समृद्ध राष्ट्र हाम्रो जिम्मेवारी” भन्ने मूल नारासहित सबैलामा राष्ट्रिय सरसफाई २०८३ मनाइयो

जनकपुरधाम, जेठ ६ गते। सबैला नगरपालिकामा राष्ट्रिय सरसफाई सप्ताह २०८३ विभिन्न कार्यक्रमका साथ मनाइएको छ । “स्वच्छ कार्यालय, स्वस्थ कर्मचारी, समृद्ध राष्ट्र हाम्रो जिम्मेवारी” भन्ने मूल नारासहित नगरपालिकाका विभिन्न कार्यालय तथा कार्यालय परिसरमा सरसफाई गरिएको हो । यसअन्तर्गत सबैला नगरपालिका–९ स्थित स्वास्थ्यचौकी कार्यालय तथा आसपासका क्षेत्रमा पनि सरसफाई अभियान सञ्चालन गरिएको थियो । वडा नं….

Share and Enjoy !

थप पढौं

पुष्पकमल दाहालको चेतावनी– विद्यार्थी र ट्रेड युनियनमाथिको प्रतिबन्ध अस्वीकार्य

काठमाडौं । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले विद्यार्थी संगठन तथा ट्रेड युनियनमाथि प्रतिबन्ध लगाउने प्रयास लोकतान्त्रिक मूल्यविपरीत भएको बताएका छन् । नयाँ संसद् गठनपछि पहिलोपटक संसद्लाई सम्बोधन गर्दै उनले सरकारका गतिविधि पञ्चायती शैलीतर्फ उन्मुख भइरहेको टिप्पणी गरे । प्रचण्डले विद्यार्थी संगठनमाथिको प्रतिबन्ध राजनीतिक इतिहासप्रतिको अपमान हुने उल्लेख गर्दै लोकतन्त्रलाई सुदृढ बनाउने नाममा नागरिकको आवाज दबाउन नहुने बताए…

Share and Enjoy !

थप पढौं

मन्त्रालयद्वारा कानुनी सुधार तीव्र, राजस्व अनुसन्धान विभाग खारेजी प्रक्रिया अघि

काठमाडौं । अर्थसचिव घनश्याम उपाध्यायले सरकारले कानुनी तथा प्रशासनिक सुधारलाई तीव्र रूपमा अघि बढाएको बताएका छन् । मंगलबार प्रतिनिधिसभाअन्तर्गत अर्थ समिति बैठकमा बोल्दै उनले वर्तमान अर्थमन्त्री स्वर्णिम वाग्लेको नेतृत्वमा अर्थ मन्त्रालयले पहिलो निर्णयबाटै १५ वटा असान्दर्भिक तथा समयसापेक्ष नरहेका कानुन खारेजी प्रक्रियामा लगिएको जानकारी दिए । उपाध्यायका अनुसार निजी क्षेत्र तथा व्यवसायिक समुदायले लामो समयदेखि…

Share and Enjoy !

थप पढौं

प्रचण्डको चेतावनी– संविधान संशोधनलाई हल्का ढंगले नलिनू

काठमाडौं । पुष्पकमल दाहालले संविधान संशोधनको विषयलाई हल्का रूपमा नलिन आग्रह गर्दै यसमा गम्भीरता, विवेक र व्यापक छलफल आवश्यक रहेको बताउनुभएको छ । मंगलबार आयोजित एक कार्यक्रममा बोल्दै पुष्पकमल दाहालले संविधान संशोधन लोकतन्त्रलाई अझ सुदृढ बनाउने र सिमान्तकृत क्षेत्र तथा समुदायको प्रतिनिधित्व विस्तार गर्ने दिशामा केन्द्रित हुनुपर्ने धारणा राख्नुभयो । उहाँले संविधान संशोधन संवेदनशील र…

Share and Enjoy !

थप पढौं

काङ्ग्रेसको माग– प्रधानमन्त्रीको स्वास्थ्य परीक्षण गरी संसद्लाई जानकारी गराइयोस् काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहको स्वास्थ्य परीक्षण गरी त्यसबारे संसद्लाई जानकारी गराउन माग गरेको छ । मंगलबार प्रतिनिधि सभा बैठकमा पार्टीका तर्फबाट धारणा राख्दै संसदीय दलका नेता Bhishmaraj Angdembe ले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे स्पष्ट जानकारी दिन सरकारसँग आग्रह गरेका हुन् ।…

Share and Enjoy !

थप पढौं

केन्द्रीय समिति विस्तारबारे डा. शेखर कोइरालाको भनाइ

काठमाडौं । डा. शेखर कोइरालाले नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको हालै गरिएको विस्तारप्रति असन्तुष्टि जनाउँदै यसले पार्टीको बृहत्तर एकतामा असर पुगेको बताएका छन् । सोमबार धारणा सार्वजनिक गर्दै नेता कोइरालाले पार्टीभित्र समग्र एकता कायम नभएसम्म राष्ट्रिय राजनीतिमा कांग्रेसले प्रभावकारी र सार्थक भूमिका खेल्न नसक्ने बताएका हुन् । उनले विगतको निर्वाचन परिणामले कांग्रेसलाई गम्भीर शिक्षा दिएको उल्लेख…

Share and Enjoy !

थप पढौं

अध्यादेश न्यायपालिकालाई कार्यपालिकाको प्रभाव र छायाँमा पार्ने उद्देश्यले ल्याइएको ठहर

काठमाडौं। नेपाल बार एसोसिएसनले सरकारले जारी गरेको अध्यादेशप्रति गम्भीर आपत्ति जनाउँदै त्यसलाई न्यायपालिकालाई कार्यपालिकाको प्रभाव/छायामा पार्ने उद्देश्यले ल्याइएको ठहर गरेको छ।बारले आफ्ना सल्लाहकारसँगको छलफलपछि जारी गरेको निष्कर्षमा अध्यादेशमार्फत शासन–प्रशासन चलाउनु कानुनी शासनको उल्लंघन भएको उल्लेख गरिएको छ। साथै, संविधानको धारा २८४ को मर्मविपरीत संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधिसम्बन्धी) ऐन संशोधन गर्न संघीय संसद्…

Share and Enjoy !

थप पढौं

South Asia Trade Fair 2026 सुरु भृकुटी मण्डपमा बिहीबारदेखि पाँचदिने ‘साउथ एसिया ट्रेड फेयर २०२६’ सुरु भएको छ । दक्षिण एसियाली देशहरूबीच व्यापार, लगानी तथा औद्योगिक सहकार्य प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त मेला वैशाख २४ देखि २८ (मे ७–११) सम्म सञ्चालन हुनेछ । मेलाको उद्घाटन नेपालका लागि Ruwanthi Delpitiya, Shafiqul Rahman, नेपाल चेम्बर अफ…

Share and Enjoy !

थप पढौं

राष्ट्रपति पौडेलले संसद्को दुवै सदनको संयुक्त बैठकलाई बैशाख २८ गते सम्बोधन गर्ने

काठमाडौं । सरकारले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष अनुरोध गर्ने निर्णय गरेको छ । संवत् २०८३ साल वैशाख २५ गते बसेको मन्त्रिपरिषद् बैठकले आगामी वैशाख २८ गते सोमबार दिउँसो ४ बजे सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न तथा त्यसका लागि सांसदहरूको उपस्थिति आह्वान गर्न राष्ट्रपतिसमक्ष अनुरोध…

Share and Enjoy !

थप पढौं

प्रधानन्यायाधीश सिफारिसमा प्रधानमन्त्रीमाथि गगन थापाको आलोचना

काठमाडौं — नेपाली कांग्रेसका सभापति गगन थापाले ले प्रधानन्यायाधीश सिफारिस प्रक्रियामा प्रधानमन्त्रीले संविधानको भावना विपरीत काम गरेको आरोप लगाएका छन्। शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले संवैधानिक परिषद् प्रधानमन्त्रीको एकल नियन्त्रण रोक्नका लागि संविधानमै व्यवस्था गरिएको उल्लेख गरे। उनले प्रधानमन्त्रीले उक्त व्यवस्थाको “पूर्ण रूपमा धज्जी उडाएको” टिप्पणी गरे। थापाले भने, “संवैधानिक परिषद्‍मा प्रधानमन्त्रीको दादागिरी…

Share and Enjoy !

थप पढौं

बरियारपट्टी भन्सार कार्यालय स्थानान्तरण नगर्न राष्ट्रिय स्वतन्त्र पार्टी सिरहाको आग्रह

जनकपुरधाम, वैशाख २७ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिरहा जिल्ला कार्यसमितिले सिरहाको बरियारपट्टी गाउँपालिकामा रहेको सानो भन्सार कार्यालयलाई स्थानान्तरण नगर्न सरकारसँग आग्रह गरेको छ।जिल्ला सभापति हरि प्रसाद मैनालीद्वारा जारी ध्यानाकर्षण पत्रमा नेपाल सरकारको निर्णयअनुसार बरियारपट्टी भन्सार कार्यालय विस्थापित गर्ने तयारीप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ।पत्रमा बरियारपट्टी भन्सार कार्यालयलाई विस्थापित गर्नुको सट्टा आधुनिक सेवा–सुविधासम्पन्न…

Share and Enjoy !

थप पढौं

जानकी महिला जागरण समाजको ३४औँ स्थापना दिवस मनाइयो

जनकपुरधाम । धनुषास्थित जानकी महिला जागरण समाज (JWAS) ले बैशाख २५ गते आफ्नो ३४औँ स्थापना दिवस विभिन्न कार्यक्रमका साथ मनाएको छ। स्थापना दिवसका अवसरमा संस्थाकी अध्यक्ष मन्दा कुमारी कर्ण तथा कार्यकारी निर्देशक राजन नेपालले शुभकामना सन्देश जारी गर्दै संस्था स्थापनादेखि हालसम्म सहयोग गर्ने सदस्य, पूर्व तथा वर्तमान पदाधिकारी, कर्मचारी, दातृ संस्था, साझेदार, पत्रकार, बुद्धिजीवी तथा…

Share and Enjoy !

थप पढौं