संवैधानिक सीमा ननाघ्न पूर्वप्रधानन्यायाधीश र न्यायाधीशहरूको चेतावनी
काठमाडौं । पूर्वप्रधानन्यायाधीश तथा पूर्वन्यायाधीशहरूको एक भेलाले संवैधानिक प्रावधानको सही प्रयोग र सीमाबारे समयमै व्याख्या हुन नसके मुलुकको संवैधानिक व्यवस्था खलबलिन सक्ने चेतावनी दिएको छ ।भेलाले यदि कुनै संवैधानिक निकाय वा पदाधिकारीले आफ्नो सीमा नाघ्न खोजेमा सर्वोच्च अदालत ले संवैधानिक सर्वोच्चता जोगाउन ढिला नगरी सम्बन्धित निकाय वा पदाधिकारीको सीमा निर्धारण गर्नुपर्ने सुझाव दिएको छ ।पूर्वन्यायाधीश…