हर्क साम्पाङद्वारा संवैधानिक परिषद् निर्णय, आपत्ति, उपसभामुखको भूमिकासँग पनि असन्तुष्ट

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ ले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश, सर्वोच्च अदालतको प्रधानन्यायाधीश सिफारिस तथा समग्र नियुक्ति प्रक्रियाप्रति गम्भीर आपत्ति जनाएका छन् ।

शुक्रबार जारी विज्ञप्तिमा साम्पाङले संसद् छल्दै ल्याइएको अध्यादेश र वरीयता मिचेर गरिएको प्रधानन्यायाधीश सिफारिसलाई “राज्य प्रणालीमाथिको गलत अभ्यास” भन्दै कडा आलोचना गरेका छन् ।

उनले भनेका छन्, “संसद् छलेर राष्ट्रप्रमुखलाई दबाब दिई संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गराउनु गलत थियो । गलत कार्यलाई कदापि सही भन्न सकिन्न र भन्न हुँदैन । वरीयताले चौथोलाई प्रधानन्यायाधीश नियुक्त गर्नु अर्को ठूलो गल्ती हो ।”

यसैबीच साम्पाङले उपसभामुख (उपसामु) को भूमिका र प्रक्रियाप्रति पनि असन्तुष्टि जनाएका छन् । उनका अनुसार राज्यका संवैधानिक निकायहरूमा भएका पछिल्ला निर्णय र प्रक्रियागत अभ्यासले संस्थागत पारदर्शिता र सन्तुलन कमजोर बनाएको छ ।

उनको विज्ञप्तिमा समग्र राज्य संयन्त्रमा निर्णय प्रक्रियामाथि प्रश्न उठ्दै गएको संकेत गर्दै संवैधानिक अभ्यासलाई पुनर्विचार गर्नुपर्ने आवश्यकता समेत औंल्याइएको छ ।

Share and Enjoy !

Leave a Reply

Your email address will not be published. Required fields are marked *