काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ले मन्त्रिपरिषद्को बैठक आज बिहान ११ बजेका लागि बोलाएका छन् ।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मा बस्ने तय भएको छ ।
बैठकमा समसामयिक राजनीतिक विषय, प्रशासनिक निर्णय तथा विभिन्न मन्त्रालयका नियमित एजेन्डामाथि छलफल हुने जनाइएको छ । पछिल्लो समय न्यायपालिका, सुशासन तथा सरकारी नियुक्तिसम्बन्धी विषयहरू चर्चामा रहेका बेला आजको मन्त्रिपरिषद् बैठकलाई विशेष चासोका साथ हेरिएको छ ।