जनकपुरधाम उपमहानगरको निर्देशन : सामुदायिक विद्यालयमा कुनै शुल्क नलिन आग्रह


जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका ले सामुदायिक विद्यालयहरूलाई विद्यार्थी भर्ना तथा अध्ययन–अध्यापनका नाममा कुनै पनि प्रकारको शुल्क नलिन निर्देशन दिएको छ ।शिक्षा, युवा तथा खेलकुद विकास शाखाद्वारा जारी पत्रमा शैक्षिक सत्र २०८३ मा विद्यार्थी भर्नीसँगै कक्षा सञ्चालन सुरु भएको उल्लेख गर्दै अनिवार्य तथा निःशुल्क शिक्षा ऐन–२०७५ र नियमावली २०७७ अनुसार विद्यालयहरूले विद्यार्थीबाट कुनै शुल्क लिन नपाइने स्पष्ट गरिएको छ ।उपमहानगरपालिकाले विद्यालयलाई अभिभावक वा अन्य व्यक्तिबाट स्वेच्छिक सहयोग लिनुपरेमा विद्यालयको बैंक खातामार्फत मात्र सहयोग लिन र त्यसको अभिलेख राख्न निर्देशन दिएको छ । साथै त्यस्ता सहयोगदाताको विवरण नियमित रूपमा सार्वजनिक गर्न तथा उपमहानगरपालिका र सम्बन्धित वडालाई जानकारी गराउन पनि आग्रह गरिएको छ ।पत्रमा शिक्षा क्षेत्रमा पारदर्शिता कायम गर्न तथा निःशुल्क शिक्षाको संवैधानिक अधिकार सुनिश्चित गर्न यस्तो निर्देशन जारी गरिएको उल्लेख छ ।उक्त पत्र शिक्षा, युवा तथा खेलकुद विकास शाखाका शाखा प्रमुख अनु पाण्डेय द्वारा जारी गरिएको हो ।


Share and Enjoy !

Leave a Reply

Your email address will not be published. Required fields are marked *