गाैरमा तोडफोड र आगजनीमा संलग्न २२ जनाविरुद्ध मुद्दा दर्ता
रौतहट । गौर नगरपालिकाको सवगढा क्षेत्रमा भएको झडपपछि तोडफोड र आगजनीमा संलग्न रहेको आरोपमा प्रहरीले २२ जनाविरुद्ध आपराधिक उपद्रो तथा आगजनीको कसुरमा मुद्दा दर्ता गरेको छ।घटनाक्रमअनुसार, विवादका क्रममा भएको झडपपछि केही सवारीसाधनमा आगजनी र घरमा तोडफोड गरिएको थियो। घटनापछि प्रहरीले शनिबार केही व्यक्तिहरूलाई नियन्त्रणमा लिएको थियो। पक्राउ परेकामध्ये केहीमाथि थप अनुसन्धानका लागि म्याद थप गरिएको…