चितवनमा सडक डिभिजनले पोटहोल पूर्ति गर्न रेडिमिक्स तयार गर्दै — नियमित मर्मतका लागि जोर
चितवन, २४ माघ २०८२ — जिल्लाका मुख्य सडकहरूमा साना–साना खाल्डाखुल्डी (पोटहोल) भएकोले आवागमनमा समस्या रोक्न सडक डिभिजन कार्यालय भरतपुरले धमाधम रेडिमेड प्रिमिक्स (रेडिमिक्स) तयार गर्दै नियमित मर्मत कार्य अघि बढाएको छ।सडक डिभिजनका सूचना अधिकारी इन्जिनियर कृष्णप्रसाद आचार्यका अनुसार, रेडिमिक्स सामान्य सिमेन्ट र बिटुमिन प्रयोग गरी तयार पारिन्छ र करिब ८० डिग्री सेल्सियस तापक्रममा स्टोन चिप्ससँग…