अभौतिक सांस्कृतिक सम्पदा विधेयकको नाम फेर्न सुझाव

काठमाडौं, २१ माघ २०८२ — राष्ट्रिय सभाकी सदस्य राजेन्द्रलक्ष्मी गैरेले हाल संसदमा प्रस्तुत “अभौतिक सांस्कृतिक सम्पदा विधेयक” को नाम नै परिवर्तन गर्न सुझाव दिएकी छन्।
बुधवार आयोजित विधायन व्यवस्थापन समितिको बैठकमा आफ्नो धारणा राख्दै गैरेले उक्त विधेयकमा केही मौलिक र व्यवहारिक प्रावधानहरु स्पष्ट नभएकोमा आपत्ति जाहेर गरिन्। विशेष गरी विधेयकको शिर्षक — अभौतिक सांस्कृतिक सम्पदा — सही र उपयुक्त परिभाषा नदिएको गैरेले बताइन्।
उनीका अनुसार, कालीगण्डकी नदीजस्ता गतिशील र निरन्तर बग्ने तत्वहरूलाई “अभौतिक” भनेर वर्गीकृत गरी यस विधेयकको दायरा भित्र राख्न नहुने तर्क राखेकी छिन्। गैरेले यसलाई परम्परागत वास्तविक मानवीय र सांस्कृतिक अभ्यास वा परम्परा जस्तै भाषाहरू, रीतिरिवाज, कला र चाडपर्वसँग तुलना गर्दा कालीगण्डकी र त्यससँग जोडिएका तीर्थस्थल तथा सांस्कृतिक सम्पदाको संरक्षणका दृष्टिले विधेयकको हेडलाइन उपयुक्त नदेखिएको बताइन्।
गैराले कालीगण्डकी, देवघाटदेखि मुक्तिनाथसम्मका तीर्थस्थल र त्यहाँ पाइने शालिग्राम लगायतका सांस्कृतिक–प्राकृत स्रोतहरूलाई पनि यस विधेयक मार्फत स्पष्ट रूपमा समेटिनुपर्ने जोड दिइन्। उनको भनाइमा यी तत्वहरू नेपालको सामूहिक पहिचान र सांस्कृतिक इतिहाससँग गहिरो रूपमा सम्बद्ध छन् र तिनको संरक्षणलाई कानुनी रूपमा सबल बनाउनु आवश्यक छ।
विधेयकको नाम र दायरासम्बन्धी यसरी संसदीय बहस सुरु भएकोले अब विचार-विमर्श अझै व्यापक बन्न सक्ने सम्भावना प्रस्तुत भएको छ।

Share and Enjoy !

Leave a Reply

Your email address will not be published. Required fields are marked *