Popular Posts

समाज र स्ट्रिट चाइल्डको कार्यक्रमबाट ९१७ युवामहिला लाभान्वित

जानकी महिला जागरण समाज र स्ट्रिट चाइल्ड को संयुक्त आयोजनामा सञ्चालन भएको कार्यक्रमबाट जनकपुरधाम उपमहानगरपालिकाका केही दलित परिवारहरूले रोजगारी प्राप्त गरी आत्मनिर्भर हुन थालेको कुरा जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साहले बताएका छन् ।
उनले दलित मात्र होइन, आर्थिक रूपले विपन्न अन्य जातजातिको महिलाहरूको लागि समेत यो कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकतामाथि जोड दिए।
मेयर शाहले यो कुरा जानकी महिला जागरण समाजले बुधबार जनकपुरमा आयोजना गरिएको यस चरणको परियोजनाको समापनको समीक्षा बैठकमा सो कुरा बताएका हुन् ।


त्यसैगरी कार्यक्रममा बोल्दै समाजका अध्यक्ष मन्दा कर्णले
आर्थिक अवस्था सुधारका लागि तालिम मात्र पर्याप्त नहुने बताइन्। सीपलाई आम्दानीमा रूपान्तरण गर्न आवश्यक साधन र प्रारम्भिक लगानीसमेत उपलब्ध गराउनुपर्ने भएकाले कार्यक्रमलाई तालिम र स्टार्टअप सहयोगसँग जोडिएको उनको भनाइ छ।
“महिलालाई सीप सिकाउनु मात्र पर्याप्त हुँदैन। सिकेको सीपलाई आम्दानीमा परिणत गर्न आवश्यक साधन र प्रारम्भिक लगानी पनि चाहिन्छ,” अध्यक्ष कर्णले भनिन्, ।
सो कार्यक्रममा लाभग्राही महिलाहरूले समाजको कार्यबाट आफूहरू निकै सन्तुष्ट रहेको र कार्यक्रमकै कारणले आफूहरूले रोजगार प्राप्त गरी परिवार सञ्चालन र व्यवस्थापनमा समेत सहयोग गर्दै आएको बताइन्।
केही लाभग्राहीहरूले यसअघि आफूहरूलाई बोल्न समेत नआएको तर हाल आफूहरू समाजको अग्रिनी महिलाको रुपमा विभिन्न कार्यक्रममा सहभागी भए आफ्नो विचार राख्न सकिरहेको प्रष्ट पारिन्।


कार्यक्रममा जनकपुरधामका सम्बन्धित वडाका वडा अध्यक्षहरू, नगर प्रमुख, उपमहानगरपालिका का सामाजिक शाखाका प्रमुख सहितका व्यक्तिहरूको सहभागिता रहेको थियो।
समाजका अनुसार पछिल्लो दुई वर्षमा जनकपुरधाम उपमहानगरपालिकाका वडा नम्बर १, ७, १३, १४, १५, १६, १७, १८, १९, २०, २१, २२, २३, २४ र २५ मा ३५ वटा सिकाइ केन्द्र सञ्चालन गरी ९१७ जना महिला तथा युवतीलाई विभिन्न सीपमूलक तालिम प्रदान गरिएको छ र
तालिमबाट प्राप्त सीपलाई व्यवहारमा उतार्दै आयआर्जनमा जोडिन सहज होस् भन्ने उद्देश्यले सहभागीलाई स्टार्टअप सहयोगसमेत उपलब्ध गराइएको समाजले गराइएको छ। हालसम्म ९१७ जना सहभागीमध्ये आवश्यकताअनुसार विभिन्न आयमूलक गतिविधि सञ्चालनका लागि कुल १ करोड ३३ लाख ४५ हजार ५ सय रुपैयाँ बराबरको स्टार्टअप सहयोग प्रदान गरिएको जनाइएको छ।
सहयोग प्राप्त गर्ने महिलालाई उनीहरूको रुचि, क्षमता र स्थानीय बजारको सम्भावनाका आधारमा विभिन्न स्वरोजगार तथा आयआर्जनका गतिविधिमा जोड्ने प्रयास गरिएको कुरा समाजका व्यवस्थापक विष्णुकुमार भण्डारीले बताएका छन्।
कार्यक्रमको सञ्चालन जानकी महिला जागरण समाजका व्यवस्थापक भण्डारीले गरेका थिए। साथै क्रममा भण्डारीले परियोजना अवधिको लगानी र उपलब्धिबारे डिजिटल प्रस्तुतिकरण समेत गरेका थिए।

Share and Enjoy !

Leave a Reply

Your email address will not be published. Required fields are marked *