यूएनओडीसी क्षेत्रीय प्रतिनिधि क्रिस्टियन होल्जले गृहमन्त्री अर्यालसँग गरिन् शिष्टाचार भेट

काठमाडौं – संयुक्त राष्ट्रसंघीय लागुऔषध तथा अपराध नियन्त्रण कार्यालय (यूएनओडीसी) को दक्षिण एसिया सम्बन्धी क्षेत्रीय प्रतिनिधि क्रिस्टियन होल्ज र नेपालका गृहमन्त्री ओमप्रकाश अर्यालबीच शिष्टाचार भेट भएको छ।
भेट गृह मन्त्रालय, काठमाडौंमा मंगलबार सम्पन्न भएको थियो। यस कार्यक्रममा गृह मन्त्रालयका नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख, परराष्ट्र मन्त्रालयका प्रतिनिधि, तथा यूएनओडीसी नेपालका प्रतिनिधिहरू पनि उपस्थित थिए।
भेटघाटका क्रममा गृहमन्त्री अर्यालले यूएनओडीसीले लागुऔषध नियन्त्रण, अपराध नियन्त्रण र अन्य सम्बन्धित क्षेत्रमा नेपाललाई निरन्तर सहयोग गर्दै आएकोमा धन्यवाद व्यक्त गरे। उनले यूएनओडीसीसँगको सहकार्य अझ सुदृढ र दीर्घकालीन बनाउन सकिने विश्वास व्यक्त गरे।
यूएनओडीसी क्षेत्रीय प्रतिनिधि क्रिस्टियन होल्जले पनि नेपाल सरकारसँगको सहकार्य जारी राख्ने प्रतिबद्धता व्यक्त गर्दै, नेपालको लागुऔषध तथा अपराध नियन्त्रण कार्यक्रमहरूमा सरकारको समर्थन र तत्परतालाई प्रशंसा गरे।
भेटमा दुवै पक्षले साझा चासोका विषयहरू, आगामी कार्यक्रमहरू र रणनीतिमा सहकार्यको सम्भावनाहरू बारे विस्तृत छलफल गरेका छन्। यस अवसरमा दुवै पक्षले नेपालको सुरक्षा, अपराध नियन्त्रण, र क्षेत्रीय सहयोगलाई अझ सशक्त बनाउन आवश्यक कदमहरूको बारेमा विचार विमर्श गरेका छन्।
यो भेटले नेपाल र यूएनओडीसीबीचको सहयोग सम्बन्ध अझ बलियो हुने अपेक्षा गरिएको छ।

Share and Enjoy !

Leave a Reply

Your email address will not be published. Required fields are marked *