बेथानचोकको गजराम पर्वतमा सूर्योदयको मनमोहक दृश्य

बेथानचोकको गजराम पर्वतमा सूर्योदयको मनमोहक दृश्य
काभ्रेपलान्चोक जिल्लाको बेथानचोक गाउँपालिका क्षेत्रमा पर्ने समुद्र सतहबाट ३,०१२ मिटर उचाइको गजराम पर्वत प्रकृति र साहसिक पर्यटनको आकर्षक गन्तव्य बन्दै गएको छ।
चिसो जाडो मौसममा बिहान सबेरै उठ्दा सूर्यको पहिलो किरणले कुहिरो चिर्दै फैलिने उज्यालो, पर्वत, आकाश र हरियालीले बनाएको अनुपम दृश्यले यहाँ आउने सबैलाई मन्त्रमुग्ध बनाएको छ। खुला आकाशबाट हिमशृंखलाका टिका टुप्पोहरू प्रष्ट देखिनु र चारैतिर फैलिएको शान्त वातावरणले फोटोकार र पर्वतप्रेमीहरूलाई आकर्षित गरिरहेको छ।


स्थानीय तथा आन्तरिक पर्यटनमा गजराम पर्वतको लोकप्रियता दिनानुदिन बढ्दै गएको छ र यहाँको मनोरम सूर्योदय दृश्य सामाजिक सञ्जालमा छरिएका तस्विर–भिडियोमार्फत व्यापक दर्शकसम्म पुगेको छ।
फोटो फिचरमा सूर्य उदाउने क्षणका विभिन्न मनमोहक पानाहरू समावेश गरिएको छ, जसले प्राकृतिक सौन्दर्यको अनुपम अनुभूति प्रदान गर्दछ।

Share and Enjoy !

Leave a Reply

Your email address will not be published. Required fields are marked *