चितवनमा सडक डिभिजनले पोटहोल पूर्ति गर्न रेडिमिक्स तयार गर्दै — नियमित मर्मतका लागि जोर

चितवन, २४ माघ २०८२ — जिल्लाका मुख्य सडकहरूमा साना–साना खाल्डाखुल्डी (पोटहोल) भएकोले आवागमनमा समस्या रोक्न सडक डिभिजन कार्यालय भरतपुरले धमाधम रेडिमेड प्रिमिक्स (रेडिमिक्स) तयार गर्दै नियमित मर्मत कार्य अघि बढाएको छ।
सडक डिभिजनका सूचना अधिकारी इन्जिनियर कृष्णप्रसाद आचार्यका अनुसार, रेडिमिक्स सामान्य सिमेन्ट र बिटुमिन प्रयोग गरी तयार पारिन्छ र करिब ८० डिग्री सेल्सियस तापक्रममा स्टोन चिप्ससँग मिसाएर बोरामा प्याक गरिन्छ। यसले कम खर्च र कम जनशक्तिमा आपत्कालीन अवस्थाका लागि द्रुत मर्मत सम्भव बनाउँछ।


“रेडिमिक्स निर्माणले सडकमा पोटहोल देखिए तुरुन्तै मर्मत गर्न मद्दत गर्छ र थप खाल्डा फैलिन नदिनेछ,” आचार्यले बताए। यस प्रविधि किफायती र टिकाउ समेत रहेको दाबी पनि उनले गरे। कार्यालयले हाल करिब १,५०० बोरा रेडिमिक्स तयार पारिरहेको छ र आवश्यकताअनुसार मात्रा बढाउने योजना बनाएको छ।
सडक डिभिजनले नारायणगढ–मुग्लिन, नारायणगढ–लोथर, भरतपुर–माडी तथा भरतपुर–मेघौली सडक खण्डमा नियमित मर्मत गरिएको जानकारी दिएको छ। प्रमुख समस्याका रूपमा भारी सवारीसाधनको चाप, डिजाइन लोडभन्दा बढी भार र वर्षायाममा पानीको बहावले सडक तत्कालै बिग्रने अवस्था सिर्जना गरेको छ। यसकारण रोकथामका लागि रेडिमिक्सको आवश्यक्ता हरेक वर्ष बढी हुने सबाल इन्जिनियर आचार्यले बताए।

Share and Enjoy !

Leave a Reply

Your email address will not be published. Required fields are marked *