निर्वाचनमा घृणाजन्य अभिव्यक्ति र गोपनीयता उल्लंघन बढ्दै : मानवअधिकार आयोग
काठमाडौँ — आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी गरिएको अनुगमनका क्रममा निर्वाचनको माहोलमा घृणाजन्य अभिव्यक्ति र मतदाता गोपनीयता उल्लंघनका घटना बढ्दै गएको मानवअधिकार आयोगले जनाएको छ ।आयोगका अनुसार केही राजनीतिक दलका नेता तथा उम्मेदवारहरूबाट एक–अर्कामाथि अमर्यादित, विभाजनकारी र घृणास्पद भाषा प्रयोग भइरहेको छ । यस्ता अभिव्यक्तिहरू सार्वजनिक सभा, प्रचार सामग्री र सामाजिक सञ्जालमार्फत फैलिँदा निर्वाचन…