दुई चरणमा निर्वाचन हुन सक्ने सम्भावनाबारे प्रधानमन्त्रीको धारणा
काठमाडौं– प्रधानमन्त्रीले आगामी प्रतिनिधि सभा निर्वाचन दुई चरणमा हुन सक्ने सम्भावनाबारे धारणा सार्वजनिक गरेकी छन्। उच्च पहाडी र हिमाली भेगमा मौसमको प्रतिकूल अवस्था देखिन सक्ने भएकाले सबै नागरिकलाई मतदानको अवसर सुनिश्चित गर्न वैकल्पिक उपायबारे सोच्नुपरेको उनको भनाइ छ। प्रधानमन्त्रीले हिमाली र दुर्गम क्षेत्रमा फागुन महिनामा हिउँपात र मौसम खराब हुने सम्भावनाका कारण मतदान केन्द्रसम्म पुग्न…