क्यान्सरका चार मध्ये एकभन्दा बढी केस रोकथाम गर्न सक्ने : विश्व स्वास्थ्य संगठन
विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको नयाँ अध्ययनअनुसार विश्वभर देखिने क्यान्सरका करिब चारमध्ये एकभन्दा बढी केसहरू रोकथाम गर्न सकिने देखिएको छ। संगठनका अनुसार तम्बाकु सेवन, मदिरा प्रयोग, अस्वास्थ्यकर आहार, शारीरिक निष्क्रियता, वायुप्रदूषण र केही संक्रमणहरू क्यान्सरका मुख्य रोक्न सकिने कारण हुन्। अध्ययनले तम्बाकु प्रयोगलाई क्यान्सरको सबैभन्दा ठूलो जोखिम कारकका रूपमा औंल्याएको छ। साथै एचपीभी र हेपाटाइटिसजस्ता…