सबएराक्नोइड हेमरेज — अचानक मृत्युको मुख्य कारण

काठमाडौं — अचानक रहस्यमय रूपमा मृत्यु हुने धेरै घटनाको पछाडि सबएराक्नोइड हेमरेज नामक गम्भीर मस्तिष्क रक्तस्राव रोग पत्ता लागेको स्वास्थ्य विज्ञहरूले बताएका छन्। यसको कारण, लक्षण र जटिलतालाई लिएर चिकित्सकहरूले विस्तृत व्याख्या गरेका छन्, जसले समयमै पहिचान र उपचार नपाए धेरैलाई ज्यान गुमाउन पुग्ने चेतावनी दिएका छन्।
सबएराक्नोइड हेमरेज मस्तिष्क र त्यसलाई ढाक्ने पातलो झिल्ली (एराक्नोइड मेम्ब्रेन)को बीचको भागमा रगत बग्ने अवस्था हो। यो प्रायः मस्तिष्कका नसा भित्तामा बनेको बालुनजस्तो फुलेको भाग (एन्युरिजम) फुट्दा हुन्छ, जसले अचानक ठूलो मात्रामा रगत मस्तिष्क वरिपरि फैलिन्छ। यसले दिमागमा उच्च दबाब सिर्जना गर्छ र बिरामीलाई सेकेन्डभित्रै बेहोस वा मृत्यु हुनसक्छ।


चिकित्सक डा. राजीव झा भन्छन् कि एन्युरिजमले कुनै संकेत नदेखाइ अचानक फुट्न सक्छ, र यसले दिमागका नसा तथा झिल्लीमाथि ठूलो दबाब उत्पन्न गरी तीव्र सिरम्बाउने टाउको दुखाइ पैदा गर्दछ, जसलाई बिरामीले “जीवनको सबैभन्दा घातक टाउको दुखाइ” भनेर वर्णन गर्छन्।
मुख्य कारणहरू

  • उच्च रक्तचाप – लगातार उच्च रक्तचापले नसा भित्तालाई कमजोर पारेर एन्युरिजम rupture हुने जोखिम बढाउँछ।
  • धूम्रपान र मदिरा सेवन – यी बानीले नसा भित्तालाई खुम्च्याउने तथा कमजोर बनाउने काम गर्छ, जसले जोखिम बढाउँछ।
  • अत्याधिक तनाव र चिसो मौसम – अचानक रक्तचाप बढ्ने अवस्थाले एन्युरिजम फुट्ने सम्भावना झन् बढाउँछ।
    यस अवस्थाको सबैभन्दा पहिचानयोग्य लक्षण अचानक र अत्यधिक टाउको दुखाइ, वाकवाकी, बान्ता वा बेहोस हुनु हो। लाइफसेभिङ उपचार समयमै नपाए धेरै बिरामी अस्पताल आइपुग्नुअघि नै मृत्यु हुने बताइन्छ।
    चिकित्सकहरूले भनेका छन् कि उच्च रक्तचाप नियन्त्रण, धूम्रपान–मदिरा त्याग, नियमित स्वास्थ्य जाँच र लक्षण देखिँदैछ भने तुरुन्त न्यूरो सेवा अस्पतालमा पुग्नुले जीवन बचाउन सक्छ।

Share and Enjoy !

Leave a Reply

Your email address will not be published. Required fields are marked *