काठमाडौं । सरकारले जेनजी आन्दोलनका घटनाबारे गठित जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने तयारी थालेको छ। प्रतिवेदन गोप्य राखिएको भन्दै सर्वत्र प्रश्न उठिरहेका बेला सरकार अब त्यसलाई सार्वजनिक गर्ने अन्तिम तयारीमा जुटेको हो।
उच्च सरकारी स्रोतका अनुसार सुशीला कार्की प्रतिवेदन सार्वजनिक गर्नुअघि सरकारका केही वरिष्ठ मन्त्रीहरूसँग आन्तरिक छलफलमा व्यस्त छिन्। सो छलफलबाट प्रतिवेदन सार्वजनिक गर्ने मिति टुंगो लगाइने बताइएको छ।
यसैबीच प्रतिवेदनमा तात्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक तथा तत्कालीन आईजीपी खापुङ विरुद्ध गम्भीर जिम्मेवारी तोकिएको समाचारमा उल्लेख गरिएको छ। स्रोतका अनुसार आयोगले उनीहरूलाई घटनाको जिम्मेवार ठहर गर्दै दश–दश वर्ष कैद सजाय सिफारिस गरेको उल्लेख गरिएको छ।
सरकारका एक उच्च अधिकारीले ‘आज–भोलिमै’ प्रतिवेदन सार्वजनिक हुनसक्ने जानकारी दिएको छ। उक्त जानकारी Onlinekhabar लाई दिइएको हो।
यता प्रधानमन्त्री कार्कीका प्रेस सल्लाहकार रामबहादुर रावलले भने प्रतिवेदन सार्वजनिक हुनेबारे आफूलाई औपचारिक जानकारी नभएको बताएका छन्।
प्रतिवेदन सार्वजनिक भएपछिमात्र आयोगले गरेको सिफारिस र त्यससम्बन्धी थप विवरण औपचारिक रूपमा सार्वजनिक हुने अपेक्षा गरिएको छ।
Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum is simply dummy text.
© Copyright 2026 by Blogger WordPress Theme. All right reserved