झापा–५ मा बालेनको ९ प्रतिबद्धतासहित वाचापत्र सार्वजनिक
काठमाडौँ । झापा–५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका बालेन्द्र शाह (बालेन) ले सोमबार आफ्नो चुनावी घोषणापत्र (वाचापत्र) सार्वजनिक गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेतासमेत रहेका उनले ९ बुँदे मुख्य प्रतिबद्धतासहित मतदातामाझ आफूलाई प्रस्तुत गरेका हुन्।सार्वजनिक वाचापत्रमा ‘थिति बसाल्ने संकल्प’ कार्यान्वयनको नेतृत्व लिने दाबी गर्दै उनले सुशासन, पारदर्शिता र जवाफदेहिता स्थापित गर्ने प्रतिबद्धता…