कांग्रेस नेता कोइरालाले गराए विभिन्न दलका नेताहरुलाई कांग्रेसमा प्रवेश


मोरङ ।

चुनावी प्रचार अभियानका क्रममा रहेका शेखर कोइरालाले विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्तालाई नेपाली कांग्रेसमा प्रवेश गराउनुभएको छ।
विराटनगर, कोशी प्रदेश, नेपाल–१२ निवासी उर्जाशील पार्टीका केन्द्रीय सदस्य आकाश कर्णसहित विभिन्न दलका नेताहरू कांग्रेसमा प्रवेश गरेका हुन्। प्रवेश गर्नेहरूमा नेकपा (एस)का नेता भिमबहादुर केसी, धिरज ताजपुरिया, सोहिल शेख, अनुराग विश्वकर्मा, बब्लु साह, रिहान राजा, राहुल सहनी, अर्जुन कामत, ऋतिक साह, ऋतिक पासवान, विक्की सहनी र गुणेश्वर कामत रहेका छन्।


त्यस्तै, सुन्दरहरैंचा नगरपालिका–४ का नेकपा एमालेका स्थानीय नेता माधव घिमिरे तथा सोही नगरपालिकाको वडा नं–६ का राष्ट्रिय प्रजातन्त्र पार्टीका स्थानीय नेता डिबी बिक र राजकुमार बिक पनि कांग्रेसमा प्रवेश गरेका छन्।
पार्टी प्रवेश कार्यक्रममा सहभागी नयाँ सदस्यहरूले आफ्नो मौलिकता, धर्म, संस्कृति र संस्कारको संरक्षणका लागि कांग्रेस नै उपयुक्त विकल्प भएको बताएका छन्। उनीहरूले डा. शेखर कोइरालालाई जसरी पनि प्रतिनिधिसभामा पठाउनुपर्ने भएकाले आफुहरू कांग्रेसमा प्रवेश गरेको प्रतिक्रिया दिएका छन्।
नेता कोइरालाले पार्टी प्रवेशलाई स्वागत गर्दै संगठन विस्तार र सुदृढीकरणले आगामी निर्वाचनमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभएको छ। चुनाव नजिकिँदै गर्दा विभिन्न दलका कार्यकर्ताको आवतजावत बढ्न थालेको देखिएको छ।

Share and Enjoy !

Leave a Reply

Your email address will not be published. Required fields are marked *