तीन दिनको विदाको सिफारिस : निर्वाचनमा सात दिन लगातार सार्वजनिक विदा हुन सक्ने


काठमाडौँ ।

निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै सरकारसँग सार्वजनिक विदा घोषणा गर्न सिफारिस गरेको छ। आयोगले मतदानको दिनसहित अघिपछि केही दिन सार्वजनिक विदा दिन प्रस्ताव गरेको हो।
आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्तले मतदाताको व्यापक सहभागिता सुनिश्चित गर्न यस्तो सिफारिस गरिएको जानकारी दिएका छन्। आयोगले फागुन २० देखि २३ गतेसम्म सार्वजनिक विदा दिन सुझाव दिएको छ। यदि सरकारको तर्फबाट उक्त सिफारिस स्वीकृत भएमा होली पर्व र अन्तर्राष्ट्रिय नारी दिवससँग जोडिएर सात दिन लगातार सार्वजनिक विदा हुन सक्ने अवस्था देखिएको छ।


यस व्यवस्थाले विशेषगरी काम, अध्ययन वा रोजगारीका कारण घरभन्दा बाहिर रहेका मतदातालाई आफ्नो गृहजिल्ला फर्केर मतदान गर्न सहज हुने अपेक्षा गरिएको छ। निर्वाचनको वातावरणलाई सहज, व्यवस्थित र सहभागीमूलक बनाउन आयोगले विदा आवश्यक भएको तर्क गरेको छ।
हाल सार्वजनिक विदा सम्बन्धी अन्तिम निर्णय भने सरकारले गर्न बाँकी रहेको छ। मन्त्रिपरिषद्को निर्णयपछि मात्रै औपचारिक रूपमा विदा घोषणा हुनेछ।
प्रतिनिधि सभा निर्वाचन फागुन २१ गतेका लागि तय भएको छ। निर्वाचन नजिकिँदै जाँदा आयोगले तयारीलाई तीव्र बनाएको जनाएको छ।

Share and Enjoy !

Leave a Reply

Your email address will not be published. Required fields are marked *