Welcome to बोलीवचन   Speak Any text Welcome to बोलीवचन

मधेश प्रदेशका सांसद सरोजकुमार सिंहलाई भ्रष्टाचार मुद्दामा ४ वर्ष १ महिना कैद

काठमाडौं, जेठ २०, २०८३ — विशेष अदालतले मधेश प्रदेशसभा सदस्य तथा पूर्वराज्यमन्त्री सरोजकुमार सिंहलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै ४ वर्ष १ महिना कैद र ३८ लाख ५० हजार १०० रुपैयाँ बराबरको बिगो तथा जरिवाना तिर्नुपर्ने फैसला सुनाएको छ। विशेष अदालतका न्यायाधीश सुर्दशनदेव भट्ट, उमेश कोइराला र विदुर कोइरालाको इजलासले मंगलबार सजाय निर्धारण गरेको हो।…

Share and Enjoy !

थप पढौं

विश्व साइकल दिवसको अवसरमा वीरगञ्जमा दूतावासको आयोजनामा साइकल र्‍याली

वीरगञ्ज, विश्व साइकल दिवसको अवसरमा भारतको महावाणिज्य दूतावास, वीरगञ्जले वीरगञ्ज साइकलिङ क्लबको सहकार्यमा बुधबार साइकल र्‍याली आयोजना गरेको छ। महावाणिज्यदूत श्री देवी सहाय मीनाले दूतावास परिसरबाट र्‍यालीको उद्घाटन गर्नुभएको थियो। र्‍याली घण्टाघर, माईस्थान, आदर्शनगर, छपकैयाँ हुँदै भारत–नेपाल सीमा नजिक रहेको शंकराचार्य गेटसम्म पुगेपछि पुनः सोही मार्ग हुँदै दूतावासमा फर्किएको थियो। र्‍यालीमा स्थानीय व्यवसायी, वीरगञ्ज उद्योग…

Share and Enjoy !

थप पढौं

नयाँदिल्लीको होटलमा भीषण आगलागी, कम्तीमा २१ जनाको मृत्यु

नयाँदिल्ली । भारतको राजधानी नयाँदिल्लीस्थित एक होटलमा बुधबार बिहान भएको भीषण आगलागीमा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने ४० भन्दा बढी व्यक्ति घाइते भएका छन्। पछिल्ला वर्षहरूमा दिल्लीमा भएको सबैभन्दा घातक आगलागी घटनामध्ये एकका रूपमा यसलाई हेरिएको छ। प्रहरीका अनुसार दिल्लीको दक्षिणी क्षेत्रमा रहेको भीडभाडयुक्त बस्तीमा सञ्चालित ‘फ्लोरिस स्टे’ नामक बेड–एन्ड–ब्रेकफास्ट होटलमा अचानक आगलागी…

Share and Enjoy !

थप पढौं

पर्यटकीय राजधानी घोषणा सीमित नारामै, पाँच वर्षमा भारतीय र चिनियाँ पर्यटक दोब्बर बनाउने गण्डकी सरकारको लक्ष्य

पोखरा । तीनै तहका सरकार प्रमुखको उपस्थितिमा ४ चैत २०८० मा पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गरिए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको भन्दै प्रश्न उठ्न थालेका छन्। घोषणा भएको डेढ वर्षभन्दा बढी समय बितिसक्दा पनि पर्यटकीय राजधानीको अवधारणालाई संस्थागत गर्ने, पर्यटक आकर्षित गर्ने तथा यसको उपलब्धि मापन गर्ने ठोस कार्यक्रम देखिएको छैन। पर्यटन क्षेत्रका…

Share and Enjoy !

थप पढौं

कमला पुल निर्माणमा ढिलाइ, सिरहा–धनुषावासीमा बढ्दो आक्रोश

सिरहा । पूर्व–पश्चिम हुलाकी राजमार्गअन्तर्गत कमला नदीमाथि निर्माणाधीन बहुप्रतीक्षित कमला पुल वर्षौंदेखि अधुरै रहँदा सिरहा र धनुषाका बासिन्दामा सरकारप्रति असन्तोष बढ्दै गएको छ। आगामी आर्थिक वर्ष २०८३/८४ को संघीय बजेटमा समेत पुल निर्माणका लागि स्पष्ट र पर्याप्त बजेट विनियोजन नभएको भन्दै स्थानीयवासी निराश बनेका छन्। करिब डेढ दशकअघि सुरु गरिएको पुल निर्माण कार्य विभिन्न प्रशासनिक,…

Share and Enjoy !

थप पढौं

प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति रवि लामिछानेको भेट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन्। भेटमा नेपाल–भारत सम्बन्ध, द्विपक्षीय सहयोग तथा साझा हितका विविध विषयमा छलफल भएको बताइएको छ। भेटपछि भारतीय प्रधानमन्त्री मोदीले नेपाल र भारतबीचको सम्बन्धलाई अझ सुदृढ बनाउँदै साझा समृद्धि र उज्ज्वल भविष्यका लागि नजिकबाट सहकार्य गर्न भारत प्रतिबद्ध रहेको बताएका…

Share and Enjoy !

थप पढौं

निर्धारित समयभित्र न्यायाधीश नियुक्त गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले न्याय परिषद्, प्रधानन्यायाधीश तथा सम्बन्धित निकायहरूलाई न्यायाधीश नियुक्तिको प्रक्रिया अनावश्यक रूपमा लम्ब्याउन नपाइने भन्दै संविधान र कानुनले तोकेको समयसीमाभित्र रिक्त पदहरूमा नियुक्ति गर्न निर्देशनात्मक आदेश जारी गरेको छ। उक्त आदेशसँगै लामो समयदेखि रिक्त रहेका न्यायाधीश पदहरू पूर्ति गर्न सम्बन्धित निकायमाथि दबाब बढेको छ। सर्वोच्च अदालतले न्यायपालिकामा लामो समयसम्म रिक्तता रहँदा न्याय…

Share and Enjoy !

थप पढौं

राजदेवी नगरपालिकामा विद्यालय तथा पुस्तकालय भवन निर्माणको शिलान्यास

रौतहट— भारत सरकारको आर्थिक सहयोगमा रौतहटको राजदेवी नगरपालिकामा विद्यालय तथा पुस्तकालय भवन निर्माणको शिलान्यास गरिएको छ। भारतको वीरगञ्जस्थित महावाणिज्य दूतावासका महावाणिज्यदूत देव सहाय मीणा तथा राजदेवी नगरपालिकाका मेयर भिखारी प्रसाद यादवले बुधबार संयुक्त रूपमा राजदेवी नगरपालिका–४ स्थित श्री प्राथमिक विद्यालयमा निर्माण हुने विद्यालय तथा पुस्तकालय भवनको शिलान्यास गरेका हुन्। महावाणिज्य दूतावासद्वारा जारी प्रेस विज्ञप्तिअनुसार उक्त…

Share and Enjoy !

थप पढौं

नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक भोलि

काठमाडौं— नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक यही जेठ २१ गते बिहीबार बस्ने भएको छ।समितिका सचिव दिनेश थापामगरले बुधबार जारी गरेको विज्ञप्तिमार्फत बिहीबारका लागि बैठक आह्वान गरिएको जानकारी दिएका हुन्।विज्ञप्तिअनुसार बैठक पार्टीको केन्द्रीय कार्यालय ललितपुरस्थित सानेपामा बस्नेछ। बैठकमा समितिका सबै सदस्यहरूलाई उपस्थित हुन निर्देशनअनुसार अनुरोध गरिएको छ।बैठकमा पार्टीभित्र अनुशासनसम्बन्धी विषय तथा समितिको कार्यसूचीमाथि छलफल हुने…

Share and Enjoy !

थप पढौं

महोत्तरीमा डाँका समूहको गोली प्रहारबाट दुई जना घाइते

महोत्तरी— महोत्तरीको सोनमा गाउँपालिका–३ खखनामा मंगलबार राति डाँकाचोरीका क्रममा भएको गोली प्रहारबाट दुई जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार राम विश्वास यादवको घरमा डाँकाचोरी गर्न पुगेको समूहले गोली चलाउँदा घरधनीका ज्वाईं ईश्वर यादव र छोरी किरण यादव घाइते भएका हुन्। जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी पञ्चलाल गोलेले घटनाको पुष्टि गर्दै घाइते…

Share and Enjoy !

थप पढौं

बालविवाह अन्त्यका लागि मुस्लिम सहितका धार्मिक समुदायको प्रतिबद्धता

धनुषा, सबैला । सबैला नगरपालिका वडा नं. ९ मा आयोजित बालविवाह अन्त्य सम्बन्धी प्रतिबद्धता संवाद कार्यक्रममा मुस्लिम सहितका धार्मिक समुदायले बालविवाह न्यूनीकरणका लागि दृढ प्रतिबद्धता व्यक्त गरेको छ। कार्यक्रममा सहभागी मुस्लिम धर्मगुरु तथा समुदायका अगुवाहरूले अब कुनै पनि बालिकाको सपना अधुरो हुन नदिने अठोट व्यक्त गरेका छन्। प्लान इन्टरनेशनल नेपालको साझेदारी, जानकी महिला जागरण समाज,…

Share and Enjoy !

थप पढौं

“स्वच्छ कार्यालय, स्वस्थ कर्मचारी, समृद्ध राष्ट्र हाम्रो जिम्मेवारी” भन्ने मूल नारासहित सबैलामा राष्ट्रिय सरसफाई २०८३ मनाइयो

जनकपुरधाम, जेठ ६ गते। सबैला नगरपालिकामा राष्ट्रिय सरसफाई सप्ताह २०८३ विभिन्न कार्यक्रमका साथ मनाइएको छ । “स्वच्छ कार्यालय, स्वस्थ कर्मचारी, समृद्ध राष्ट्र हाम्रो जिम्मेवारी” भन्ने मूल नारासहित नगरपालिकाका विभिन्न कार्यालय तथा कार्यालय परिसरमा सरसफाई गरिएको हो । यसअन्तर्गत सबैला नगरपालिका–९ स्थित स्वास्थ्यचौकी कार्यालय तथा आसपासका क्षेत्रमा पनि सरसफाई अभियान सञ्चालन गरिएको थियो । वडा नं….

Share and Enjoy !

थप पढौं
Speak Any text