महोत्तरीमा डाँका समूहको गोली प्रहारबाट दुई जना घाइते

महोत्तरी— महोत्तरीको सोनमा गाउँपालिका–३ खखनामा मंगलबार राति डाँकाचोरीका क्रममा भएको गोली प्रहारबाट दुई जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार राम विश्वास यादवको घरमा डाँकाचोरी गर्न पुगेको समूहले गोली चलाउँदा घरधनीका ज्वाईं ईश्वर यादव र छोरी किरण यादव घाइते भएका हुन्।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी पञ्चलाल गोलेले घटनाको पुष्टि गर्दै घाइते दुवै जनाको जनकपुरस्थित जानकी हेल्थ केयरमा उपचार भइरहेको जानकारी दिए।

प्रहरीका अनुसार घटनाबारे बुधबार बिहान जानकारी प्राप्त भएपछि अनुसन्धान प्रक्रिया अघि बढाइएको छ। डाँका समूहको पहिचान तथा पक्राउका लागि खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

Share and Enjoy !

Leave a Reply

Your email address will not be published. Required fields are marked *