नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक भोलि

काठमाडौं— नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक यही जेठ २१ गते बिहीबार बस्ने भएको छ।
समितिका सचिव दिनेश थापामगरले बुधबार जारी गरेको विज्ञप्तिमार्फत बिहीबारका लागि बैठक आह्वान गरिएको जानकारी दिएका हुन्।
विज्ञप्तिअनुसार बैठक पार्टीको केन्द्रीय कार्यालय ललितपुरस्थित सानेपामा बस्नेछ। बैठकमा समितिका सबै सदस्यहरूलाई उपस्थित हुन निर्देशनअनुसार अनुरोध गरिएको छ।
बैठकमा पार्टीभित्र अनुशासनसम्बन्धी विषय तथा समितिको कार्यसूचीमाथि छलफल हुने अपेक्षा गरिएको छ।

Share and Enjoy !

Leave a Reply

Your email address will not be published. Required fields are marked *