राजविराजमा सडक अतिक्रमण हटाउने अभियान सुरु
राजविराज – राजविराज नगरपालिकाले सडक अतिक्रमण हटाउने काम सुरु गरेको छ। हनुमान मन्दिरदेखि नेता चोकसम्मको मुख्य सडकखण्डमा अतिक्रमण गरी निर्माण गरिएका संरचनामा नगरपालिकाले बुधबारदेखि डोजर चलाएर भत्काउन थालेको छ।नगरपालिकाकी कार्यवाहक नगरप्रमुख इसरत परविन का अनुसार, सडकको स्तरोन्नति र सौन्दर्यीकरणको लागि सडकको बिच भागबाट ९–९ मिटर गरी जम्मा १८ मिटर क्षेत्रमा पर्ने सबैखाले संरचना हटाउने काम…