राजविराज – राजविराज नगरपालिकाले सडक अतिक्रमण हटाउने काम सुरु गरेको छ। हनुमान मन्दिरदेखि नेता चोकसम्मको मुख्य सडकखण्डमा अतिक्रमण गरी निर्माण गरिएका संरचनामा नगरपालिकाले बुधबारदेखि डोजर चलाएर भत्काउन थालेको छ।
नगरपालिकाकी कार्यवाहक नगरप्रमुख इसरत परविन का अनुसार, सडकको स्तरोन्नति र सौन्दर्यीकरणको लागि सडकको बिच भागबाट ९–९ मिटर गरी जम्मा १८ मिटर क्षेत्रमा पर्ने सबैखाले संरचना हटाउने काम थालिएको हो। स्थानीय प्रशासनको सहयोगमा बिहानैदेखि डोजर प्रयोग गरी सडक अतिक्रमण हटाउने अभियान चलाइएको उनले जानकारी दिनुभयो।
सडक स्तरोन्नति तथा सौन्दर्यीकरण कार्यका लागि सडक डिभिजन कार्यालयबाट ठेक्का भई निर्माण कार्य पनि प्रारम्भ भइसकेको छ।
स्थानीयवासीका अनुसार, कार्यवाहक नगरप्रमुखले नगरपालिकाका विभिन्न विकासका कामलाई निरन्तर अघि बढाइरहनुभएको छ। पछिल्लो समय मुख्य बजार क्षेत्रको सडक वर्षौंदेखि स्तरोन्नत हुन नसकेको अवस्थामा बजार र सडकको स्तरोन्नति कार्यमा उहाँ सक्रिय रहनुभएको स्थानीय एकता चौधरी ले बताए ।
राजविराजमा सडक अतिक्रमण हटाउने अभियान सुरु