काठमाडौं — यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सामूहिक अनुगमनमा रोक लगाइएको छ। राष्ट्रिय परीक्षा बोर्ड ले परीक्षा केन्द्र अनुगमनका नाममा विभिन्न संघ–संस्थाका प्रतिनिधि परीक्षा हलमै प्रवेश गर्दा परीक्षार्थीको लेखन कार्यमा अवरोध पुगेको गुनासो आएपछि यस्तो निर्णय गरेको हो।
अब अनुगमन कार्य व्यवस्थित बनाउन प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा अनुगमन समिति गठन गरिएको छ। उक्त समितिमार्फत मात्रै परीक्षा केन्द्रको निरीक्षण गरिने व्यवस्था मिलाइएको छ।
यसैबीच, आजबाट सुरु भएको एसईई परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा सञ्चालन भइरहेको छ। परीक्षा तालिकाअनुसार चैत २० गते अनिवार्य नेपाली, २२ गते अनिवार्य गणित, २३ गते विज्ञान र २४ गते सामाजिक विषयको परीक्षा हुने छ।
त्यसैगरी, चैत २५ गते ऐच्छिक प्रथम खण्डका सबै विषय, २६ गते ऐच्छिक द्वितीय खण्डका विषयहरू तथा चैत २७, २८ र २९ गते प्राविधिक धारका बाँकी विषयहरूको परीक्षा सञ्चालन हुने कार्यक्रम रहेको छ।
परीक्षालाई मर्यादित, व्यवस्थित र निष्पक्ष बनाउन बोर्डले कडाइका साथ निर्देशन लागू गरेको जनाएको
एसईईमा सामूहिक अनुगमन निषेध