काठमाडौं — संघीय संसद्को अधिवेशन प्रारम्भका अवसरमा आजको बैठकमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने भएका छन्। दलीय आधारमा सदस्यहरूले आ–आफ्नो धारणा राख्ने कार्यसूची तय गरिएको छ।
संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय का अनुसार बैठकमा विभिन्न दलका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। जसअनुसार रवि लामिछाने, रामबहादुर थापा बादल, पुष्पकमल दाहाल प्रचण्ड, हर्क साम्पाङ तथा ज्ञानबहादुर शाही ले सम्बोधन गर्ने तय भएको छ।
यता, नेपाली कांग्रेस का तर्फबाट सम्बोधन गर्ने नेताको नाम भने हालसम्म टुंगो लाग्न सकेको छैन।
अधिवेशनको प्रारम्भसँगै शीर्ष नेताहरूको सम्बोधनले समसामयिक राजनीतिक अवस्था, सरकार–प्रतिपक्ष सम्बन्ध तथा आगामी कार्यदिशाबारे स्पष्ट संकेत दिने अपेक्षा गरिएको छ।
शीर्ष नेताहरुले सम्बोधन गर्ने