सेतो मछिन्द्रनाथ यात्रा सम्पन्न
काठमाडौँ, काठमाडौँ उपत्यकाका चार लोकेश्वरमध्ये सद्भावका देवताका रूपमा पूजिने सेतो मच्छिन्द्रनाथलाई रथयात्रा सम्पन्न भएपछि पुनः मन्दिरमा प्रतिस्थापन गरिएको छ।सोमबार साँझ रथयात्राको क्रममा लगन पुर्याइएको आर्यावलोकितेश्वरको मूर्तिलाई रथबाट निकालेर खटमा राखी विभिन्न स्थान हुँदै मच्छिन्द्रबहाल पुर्याइएको थियो। लगन, ज्याबहाल, द्यःलं, यूतुननी, कोहिटी भीमसेनस्थान, मरु, यतखा, नरदेवी, किलागल, भेडासिंह र केलटोल हुँदै मूर्ति मन्दिरमा पुनः प्रतिस्थापन गरिएको…