गृहमन्त्री गुरुङ आफैं गाडी चलाएर पुगे जिल्ला प्रहरी परिसर ललितपुर

काठमाडौं — नवनियुक्त गृहमन्त्री सुधन गुरुङ आफैं गाडी चलाएर जिल्ला प्रहरी परिसर ललितपुर पुगेका छन्।
सुरक्षा स्रोतका अनुसार उनी अहिले परिसर ललितपुरमै रहेका छन्। गृहमन्त्री एक्कासि किन त्यहाँ पुगे भन्नेबारे आधिकारिक जानकारी भने सार्वजनिक गरिएको छैन।
आजै बिहान जेनजी आन्दोलनसँग जोडिएको आरोपमा ज्यानसम्बन्धी कसुरमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। सोही घटनापछि गृहमन्त्री गुरुङ अचानक जिल्ला प्रहरी परिसर पुगेका कारण यसलाई चासोसाथ हेरिएको छ।
स्रोतका अनुसार पक्राउ गरिएका दुवै पूर्वपदाधिकारीलाई सम्बन्धित अनुसन्धान प्रक्रियाका लागि प्रहरी परिसरमा राखिएको हुन सक्ने अनुमान गरिएको छ। तर यसबारे गृहमन्त्रालय वा प्रहरीले औपचारिक प्रतिक्रिया दिएको छैन।
राजनीतिक रूपमा संवेदनशील मानिएको यस घटनापछि राजधानीमा सुरक्षा सतर्कता बढाइएको बताइएको छ।

Share and Enjoy !

Leave a Reply

Your email address will not be published. Required fields are marked *