काठमाडौं — काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) छविलाल रिजाल पक्राउ परेका छन् । उनलाई मंगलबार बिहान नयाँ बानेश्वरस्थित निवासबाट प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख ईश्वर कार्कीले उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले नियन्त्रणमा लिएको पुष्टि गरेका छन् ।
२३ र २४ भदौ २०८२ मा भएको जेन–जी आन्दोलनसम्बन्धी छानबिन आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा रिजाललाई पक्राउ गरिएको बताइएको छ । आयोगसमक्ष दिएको बयानमा उनले त्यतिबेला कर्फ्यु आदेश जारी गरिएको र आवश्यक परे बल प्रयोग गर्न निर्देशनबारे सुरक्षा निकायबीच छलफल भएको उल्लेख गरेका थिए ।
यसअघि सोही प्रकरणमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पनि पक्राउ परिसकेका छन् ।
जेन–जी आन्दोलनका क्रममा दुई दिनमा ठूलो मानवीय क्षति भएको थियो र त्यस घटनापछि देशको राजनीतिक अवस्था नै प्रभावित भएको थियो ।
काठमाडौंका पूर्व प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल पक्राउ