मेक्सिकोका ‘मोस्ट वान्टेड’ अपराधी एल मेन्चो सुरक्षा कारबाहीमा मारिए


मेक्सिको ।

मेक्सिकोका चर्चित तथा ‘मोस्ट वान्टेड’ अपराधी एल मेन्चो सुरक्षा अभियानका क्रममा मारिएका छन्। उनी Jalisco New Generation Cartel (सीजेएनजी) नामक कुख्यात लागूऔषध कार्टेलका प्रमुख थिए। उनको मृत्युबारे जानकारी मेक्सिकोको रक्षा मन्त्रालयले सार्वजनिक गरेको हो।
एल मेन्चोको वास्तविक नाम Nemesio Oseguera Cervantes हो। राजधानी Mexico City लगिँदै गर्दा आइतबार उनको मृत्यु भएको जनाइएको छ। यसअघि सेनासँग भएको मुठभेड़मा उनी गम्भीर घाइते भएका थिए।
मुठभेड़ Tapalpa नामक सहरमा भएको थियो, जुन Jalisco राज्यमा पर्छ। उक्त कारबाहीमा एल मेन्चोसहित उनका गिरोहका चार जनाको मृत्यु भएको छ भने सेनाका तीन जवान घाइते भएका छन्।


अमेरिकाले एल मेन्चो गिरोहसम्बन्धी गोप्य सूचना मेक्सिको सरकारलाई उपलब्ध गराएको र त्यसकै आधारमा उक्त सुरक्षा अभियान सञ्चालन गरिएको जनाइएको छ।
सुरक्षा कारबाहीपछि सीजेएनजीले प्रतिकारस्वरूप विभिन्न राज्यमा सवारीसाधनमा आगजनी, सडक अवरोध तथा सुरक्षा निकायमाथि आक्रमण गरेका छन्। घटनापछि सम्बन्धित क्षेत्रमा सुरक्षा सतर्कता उच्च पारिएको छ।

Share and Enjoy !

Leave a Reply

Your email address will not be published. Required fields are marked *