Popular Posts

ट्रम्पले भारतीय पाइलट क्याप्टेनको प्रशंसा गर्दै बताए ‘हिरो’

१५ असोज, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लाई दुबईको उडानमा भएको घटनाबारे इजरायली प्रधानमन्त्री बिन्यामिन नेतन्याहुसँग फोनवार्ता गरेका छन्।

बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले नेतन्याहुले उनलाई विमानभित्र भएको घटनाबारे जानकारी गराएको बताएका छन्। उनका अनुसार विमानमा रहेका यात्रु तथा चालक दलका सदस्यहरूले विमानलाई नियन्त्रणमा ल्याउन महत्वपूर्ण भूमिका खेलेका थिए।

दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाई दुबईको विमानमा सह–पाइलटले भारतीय पाइलट क्याप्टेन स्मित मच्छरमाथि आक्रमण गरेपछि विमान तीव्र रूपमा तल झरेको थियो। यात्रु तथा चालक दलका सदस्यहरूले हस्तक्षेप गरेपछि विमानलाई नियन्त्रणमा लिइएको र साउदी अरबको ताबुक विमानस्थलमा आपत्कालीन अवतरण गराइएको थियो। विमानमा रहेका सबै १७४ जना सुरक्षित रहेको बताइएको छ।

ट्रम्पले घटनालाई ‘अत्यन्तै हैरान पार्ने कहानी’ भन्दै सह–पाइलट सम्भवतः आतंकवादी वा मानसिक रूपमा अस्थिर व्यक्ति हुन सक्ने बताएका छन्। तर घटनाको वास्तविक उद्देश्य र कारणबारे अहिलेसम्म आधिकारिक निष्कर्ष सार्वजनिक भएको छैन। अमेरिकी र इजरायली अधिकारीहरूले घटनाबारे अनुसन्धान भइरहेको बताएका छन्।

ट्रम्पले आक्रमणमा परेका भारतीय पाइलट क्याप्टेन स्मित मच्छरको प्रशंसा गर्दै उनलाई ‘हिरो’ बताएका छन्। गम्भीर रूपमा घाइते भए पनि उनले ककपिटको ढोका खोल्न सफल भएको र त्यसपछि यात्रु तथा चालक दलका सदस्यले आक्रमणकारीलाई नियन्त्रणमा लिन सकेको विवरण सार्वजनिक भएको छ।

Share and Enjoy !

Leave a Reply

Your email address will not be published. Required fields are marked *