Popular Posts

यूएईलाई इरानको चेतावनी : नेतान्याहुलाई आतिथ्यता दिएको भन्दै आलोचना

काठमाडौं । इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहसिन रेजाईले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई आतिथ्यता दिएको भन्दै संयुक्त अरब इमिरेट्स (यूएई)को आलोचना गरेका छन्।

रेजाईले सामाजिक सञ्जाल एक्समा अरबी भाषामा लेखिएको पोस्टमार्फत यूएईको नाम उल्लेख नगरी अमेरिकी सैन्य अखडालाई ठाउँ दिँदा सुरक्षा सुनिश्चित नभएजस्तै इजरायली प्रधानमन्त्री नेतान्याहुलाई आतिथ्यता दिँदा पनि राम्रो परिणाम नआउने टिप्पणी गरेका छन्।

उनले हालैको युद्धबाट पाठ सिक्न, युद्ध विस्तार गर्ने गतिविधि रोक्न र इरानी टापुहरूमाथि ‘आधारहीन दाबी’ गर्न बन्द गर्न पनि आग्रह गरेका छन्।

रेजाईको टिप्पणी यूएई र इजरायलबीचको सम्बन्ध तथा इरानी टापुहरूमाथिको क्षेत्रीय विवादको सन्दर्भमा आएको हो।

Share and Enjoy !

Leave a Reply

Your email address will not be published. Required fields are marked *