अध्यादेशबाट देश चलाउन खोज्नु गलत प्रवृत्ति : नेता शेखर कोइराला

Share on Social Media

भक्तपुर, माघ २८ गते– नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले सरकारको अध्यादेशप्रतिको निर्भरता गलत प्रवृत्ति भएको बताएका छन्।

सोमबार भक्तपुरमा आयोजित ‘गिरिजाप्रसाद कोइराला र वर्तमान राजनीति’ विषयक विचार गोष्ठीमा बोल्दै कोइरालाले संसद् नै कानुन निर्माणको उचित थलो भएको उल्लेख गरे। उनका अनुसार, दुई-तिहाइ बहुमतप्राप्त सरकारले अध्यादेशको सहारा लिनु संसद्माथि अविश्वास प्रकट गर्नु सरह हो।

संसद् कमजोर पार्न नहुने नेता कोइरालाको चेतावनी
नेता कोइरालाले विधायिकालाई नै छलेर जाने प्रवृत्ति निरंकुश शासनतर्फको संकेत हुने बताए। “संवैधानिक लोकतन्त्रमा संसद्बाटै नीति, नियम र कानुन निर्माण हुनु पर्छ। अध्यादेश मार्ग अस्वस्थ अभ्यास हो,” उनले थपे।

कार्यक्रममा कांग्रेस नेतृ सुजाता कोइरालाले प्रजातान्त्रिक प्रणाली कमजोर भए देश नै अप्ठ्यारोमा पर्ने धारणा राखिन्। त्यस्तै, कांग्रेस नेता एनपी साउद, स्वास्थ्यमन्त्री प्रदीप पौडेल लगायतले गिरिजाप्रसाद कोइरालाको योगदानमाथि प्रकाश पारे।

भक्तपुरमा आयोजित उक्त कार्यक्रममा नेताहरूले गिरिजाप्रसाद कोइरालाको नेतृत्व क्षमता, लोकतान्त्रिक संघर्ष र शान्ति प्रक्रियामा उनको भूमिकाबारे चर्चा गरेका थिए। नेताहरूले लोकतन्त्रलाई सुदृढ बनाउन संसद्को भूमिका अझै प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *