पर्साको गण्डक नहर छेउमा रहेको गुठीको अतिक्रमित ५ बिघा जग्गा खाली

जनकपुरधाम, १३ वैशाख — पर्साको Sakhuwan Prasouni Rural Municipality–५ स्थित गण्डक नहर छेउमा रहेको गुठीको अतिक्रमित ५ बिघा जग्गा खाली गराइएको छ।

मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री Fakira Mahato को पहलमा बिहानैदेखि सात वटा डोजर प्रयोग गरी अतिक्रमण हटाउने काम गरिएको गाउँपालिका अध्यक्ष Jaybansh Yadav ले जानकारी दिए।

उनका अनुसार उक्त क्षेत्रमा रहेका ३८० घरटहरा हटाइएको छ। दुई वर्षदेखि प्रयास भइरहेको भए पनि मन्त्री महतोले केही दिनअघि स्थलगत निरीक्षण गरेपछि कार्य तीव्र रूपमा अघि बढाइएको हो।

त्यसैगरी सोही गाउँपालिकाको मधुवन क्षेत्रमा रहेको गुठीको २९ बिघा अतिक्रमित जग्गा खाली गराउने काम समेत जारी रहेको मन्त्री महतोले बताए।

अतिक्रमण हटाउन करिब ३०० जना Nepal Police र Armed Police Force Nepal परिचालन गरिएको छ।

Share and Enjoy !

Leave a Reply

Your email address will not be published. Required fields are marked *