काठमाडौं, १३ वैशाख — नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक भोलि बस्ने भएको छ।
पार्टीका सहमहामन्त्री तथा निर्वाचन समिति संयोजक Prakash Rasaili Snehi का अनुसार बैठक भोलि बिहान ११ बजे बस्नेछ, जहाँ सभापति Gagan Thapa ले सहमतिका लागि संसदीय दलको नेता प्रस्ताव गर्ने कार्यक्रम रहेको छ।
कार्यसम्पादन समिति बैठकपछि दिउँसो १ बजे दलको कार्यालयमा सभापति थापाले सांसदहरूसँग छलफल गर्ने कार्यक्रम तय गरिएको छ।
सभापतिले प्रस्ताव गरेअनुसार संसदीय दलको विधानको धारा ५ बमोजिम दलको नेता चयन प्रक्रिया औपचारिक रूपमा अघि बढाइने जनाइएको छ।
सहमतिमै दलको नेता चयन गर्ने उद्देश्यले शुक्रबारका लागि तय गरिएको निर्वाचन प्रक्रिया स्थगन गरिएको थियो।