जलेश्वरमा १२ अर्बमा पाँचतारे होटल निर्माण हुने


जलेश्वर, महोत्तरी — जलेश्वरस्थित प्रकौली क्षेत्रमा रु १२ अर्ब लगानीमा पाँचतारे होटल निर्माण हुने भएको छ। सत्या समूहको लगानीमा बन्ने यो होटलले ७५ वटा लक्जरी कोठा, क्यासिनो, विवाह तथा सम्मेलन हल र प्रिमियम क्लब सहितको सुविधा प्रदान गर्नेछ।
परियोजना अनुसार होटल निर्माणपछि २०० भन्दा बढी स्थानीय युवाले प्रत्यक्ष रोजगारी पाउनेछन्। होटल २२ कट्ठा जग्गामा निर्माण हुने र लगानीको ७० प्रतिशत बैंक कर्जाबाट र ३० प्रतिशत सत्या समूहको पुँजीबाट उपलब्ध गराइनेछ।
होटल सञ्चालन भएपछि जनकपुर, जलेश्वर र आसपासका क्षेत्रलाई सीमावर्ती र अन्तर्राष्ट्रिय पर्यटकका लागि आकर्षक पर्यटन केन्द्र बनाउने लक्ष्य राखिएको छ। परियोजनाले स्थानीय व्यवसाय र पर्यटन क्षेत्रको विकासमा समेत योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

Share and Enjoy !

Leave a Reply

Your email address will not be published. Required fields are marked *