बर्दिया, माघ २३ — बर्दिया जिल्लामा एकै दिन चितुवाको आक्रमणमा परी दुई जनाको मृत्यु भएको छ।
जिल्लाको गुलरिया नगरपालिका–४ मा ३५ वर्षीय नन्दु रोकाएको घाँस काट्न गइरहेका बेला चितुवाले आक्रमण गरी घटनास्थलमै मृत्यु भएको थियो। घटनाक्रम बिहीबार बिहान साढे ११ बजे घटेको थियो।
त्यस्तै मधुवन नगरपालिका–९ की ४९ वर्षीया मैसरा डाँगी पनि घाँस काट्न गइरहेका समयमा चितुवाले आक्रमण गरी गम्भीर घाइते भएकी थिइन् र उनको मृत्यु पनि भएको जिल्ला प्रहरीले जानकारी दिएको छ। डाँगीको शव नेपाल–भारत सीमानाकै नजिकै फेला परेको थियो।

यस्तै गत माघ १५ गते मात्रै ५० वर्षीय प्रेमबहादुर घर्ती मगर पनि बर्दियामा चितुवाको आक्रमणबाट गम्भीर घाइते भएका छन् र उपचार भइरहेको स्थानीयले बताएका छन्।