काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य राधेश्याम पाठकको परिवारका ११ जना पार्टीको क्षेत्रीय प्रतिनिधिमा चयन भएका छन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नवलपरासी (पश्चिम)को रामग्राम नगरपालिका–९ मा असोज ५ गते सम्पन्न वडा अधिवेशनबाट सर्वसम्मत चयन भएका २४ क्षेत्रीय प्रतिनिधिमध्ये पाठक परिवारका ११ जना रहेका छन्।
क्षेत्रीय प्रतिनिधिको सूचीमा केन्द्रीय सदस्य राधेश्याम पाठकसहित चन्द्रशेखर पाठक, आशुतोष पाठक, कालिन्दी पाठक, गीता पाठक, जयदेव पाठक, तुषार पाठक, दामोदर पाठक, वेदव्यास पाठक, भोला पाठक र विश्वभरप्रसाद पाठक रहेका छन्।
केन्द्रीय सदस्य पाठकले आफ्नो परिवारका ११ जना वडा अधिवेशनबाट क्षेत्रीय प्रतिनिधिमा चयन भएको स्वीकार गरेका छन्।
