काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको चालु अधिवेशन अन्त्य गरेका छन्।
राष्ट्रपति पौडेलले संविधानको धारा ९३ को उपधारा (२) बमोजिम शुक्रबार असोज १६ गते राति १२ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन अन्त्य गरेका हुन्।
मंगलबार असोज १३ गते बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसद्को चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा राष्ट्रपतिले अधिवेशन अन्त्य गरेका हुन्।
राष्ट्रपतिको कार्यालयका प्रवक्ता कृष्णबहादुर शाहीद्वारा जारी विज्ञप्तिमा मन्त्रिपरिषद्को सिफारिसअनुसार संविधानको धारा ९३ को उपधारा (२) बमोजिम संघीय संसद्का दुवै सदनको चालु अधिवेशन असोज १६ गते राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गरिएको उल्लेख छ।
