नेपालले आज टी–२० विश्वकपमा इटलीसँग खेल्दै


काठमाडौँ ।

आईसीसी पुरुष टी–२० विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को आफ्नो दोस्रो खेलमा नेपालले आज अर्को एसोसियट राष्ट्र इटलीसँग प्रतिस्पर्धा गर्दैछ। नेपाल र इटलीबीचको खेल दिउँसो सवा ३ बजेदेखि मुम्बईस्थित वाङ्खेडे स्टेडियममा सुरु हुनेछ।
पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गरे पनि नतिजा आफ्नो पक्षमा पार्न नसकेको नेपाल आजको खेल जित्दै प्रतियोगितामा पहिलो अंक जोड्ने लक्ष्यमा छ। कप्तान रोहित पौडेलको नेतृत्वमा रहेको नेपाली टोली ब्याटिङ र बलिङ दुवै पक्षमा सन्तुलित प्रदर्शन गर्ने तयारीमा छ।


इटली पनि विश्वकपमा आफ्नो उपस्थिति मजबुत बनाउन नेपालविरुद्ध सकारात्मक नतिजा निकाल्ने दाउमा रहेको छ। दुवै एसोसियट राष्ट्रका लागि यो खेल समूह चरणको यात्रा निर्धारण गर्ने हिसाबले महत्वपूर्ण मानिएको छ।
आजको नतिजाले समूह ‘सी’ को अंकतालिकामा महत्वपूर्ण प्रभाव पार्नेछ। त्यसैले दुवै टोली जित निकाल्दै सुपर चरणतर्फको सम्भावना बलियो बनाउन मैदान उत्रिनेछन्।

समूह ‘सी’ अन्तर्गत नेपाल र इटलीबीचको खेल दिउँसो सवा ३ बजेदेखि मुम्बईको वाङ्खेडे स्टेडियममा हुनेछ

Share and Enjoy !

Leave a Reply

Your email address will not be published. Required fields are marked *