बागमती प्रदेशमा मुख्यमन्त्रीसहित ८ मन्त्रालय मात्र राख्न सिफारिस

बागमती प्रदेशमा मुख्यमन्त्रीसहित ८ मन्त्रालय मात्र राख्ने र ७०१ दरबन्दी कटौती गर्ने प्रस्ताव प्रस्तुत गरिएको छ। बागमती प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित कुल ८ वटा मात्रै मन्त्रालय कायम गर्ने प्रस्ताव गरिएको हो। हालका अनावश्यक मन्त्रालय, कार्यालय र कर्मचारी दरबन्दीलाई हटाएर संरचना चुस्त बनाउन र खर्च कटौती गर्न सुझाव दिइएको हो। प्रस्तावअनुसार ७०१ कर्मचारी दरबन्दी कटौती गरिनसक्ने र यसले लामो समयका लागि ठूलो वित्तीय बचत हुने अनुमान गरिएको छ। उक्त प्रस्ताव प्रदेश प्रशासनिक पुनर्संरचना पुनरावलोकन अध्ययन तथा सुझाव समिति ले बागमती प्रदेश सरकारलाई बुझाएको हो। समितिले मन्त्रालय संख्या घटाएर अनावश्यक निकाय हटाउन र करिब १६ अर्ब रुपैयाँभन्दा बढी वित्तीय दायित्व बचत गर्ने लक्ष्य राखेको जनाइएको छ।

Share and Enjoy !

Leave a Reply

Your email address will not be published. Required fields are marked *