पेट्रोलको मूल्य प्रतिलिटर १५ र डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँले बृद्धि

काठमाडौं।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगमको निर्णयअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १५ रुपैयाँ बढाइएको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँले बढाइएको छ।
निगम सञ्चालक समितिको बैठकले गरेको निर्णयअनुसार नयाँ मूल्य मध्यरातदेखि लागू भएको हो।


मूल्यवृद्धिपछि काठमाडौं, पोखरा र दिपायल जस्ता तेस्रो वर्गमा पर्ने क्षेत्रमा अब पेट्रोलको मूल्य प्रतिलिटर १७२ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५२ रुपैयाँ कायम भएको छ।
निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्नु तथा भारतीय आयल कर्पोरेसनबाट नयाँ खरिद मूल्य महँगो आएपछि नेपालमा पनि मूल्य समायोजन गर्नुपरेको हो।
यस मूल्यवृद्धिले यातायात खर्च तथा बजारमा वस्तु तथा सेवाको मूल्यमा समेत असर पर्न सक्ने अनुमान गरिएको छ।

Share and Enjoy !

Leave a Reply

Your email address will not be published. Required fields are marked *